बुटवल । रुपन्देहीमा रक्तदाताहरुद्वारा स्थापना गरिएको स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तथा शेयर प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ । सहकारीका सदस्यहरु बिचमा परिचयसँगै सहकारीको बारेमा जानकारी दिने गरि एक दिने कार्यक्रम गरिएको संस्थाको अध्यक्ष कृष्ण चौहान (क्षेत्री) ले बताए ।
सहकारीप्रति आम नागरिकको दृष्टिकोण परिवर्तन गर्न जरुरी रहको भन्दै उनले संस्था स्थापनाको उद्देश्य र कार्यहरुबारे जानकारी दिए । सहकारीको माध्यमबाट बचत तथा ऋणका अतिरिक्त शेयर सदस्यहरुको अगुवाईमा विविध कार्यहरु गर्न सकिने उनले बताए । सहकारी रक्तसञ्चार स्थापना पहिलो उदेश्य रहेको उनले बताए । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका सहकारी उद्योग वाणिज्य तथा लघु उद्यम शाखा प्रमुख गुणाकर खनालले स्वयंसेवी रक्तदाताहरुको अगुवाईमा स्थापना भएको यो सहकारी सेवामुलक सहकारी भएको बताए । यसमा आवद्ध भएर सेवामुलक कार्यहरु गर्न सकिने भन्दै यसतर्फ योजनाहरु बनाउन आग्रह गरे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष उदयराज भट्टराई, सचिव जानकी नेपालले सहकारीप्रति नकारात्मक सोच बनेको बेला आफुहरु नया सहकारी स्थापना गरेर उदाहरण पेश गर्ने गरि योजनाहरु बनाएको बताए । यसैबिच कार्यक्रममा संस्थाका ७४ जना शेयरसदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । आगामी असार मसान्तसम्म संस्थामा ५ सय सदस्य पुयाउने लक्ष्य राखेको संस्थाका कोषाध्यक्ष प्रसन्न श्रेष्ठले बताए । संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, बिमाकर्मी, उद्योगी, व्यवसायीहरु गरि समुदायका हरेक पेशा ब्यवसायमा आवद्ध सदस्य रहेको व्यवस्थापक मन्जु पन्थले बताईन ।
प्रतिक्रिया