ताजा अपडेट »

बुटवलका ३ सहित ४ बालबालिका फिलिपिन्समा हुने ग्लाम पेजेन्टमा सहभागी हुँदै

सोमबार, २९ बैशाख २०८२, १८ : १६
152 Shares
सोमबार, २९ बैशाख २०८२
152 Shares

बुटवल । बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने अन्तर्राष्ट्रिय मञ्चमा बुटवलका ३ जना बालबालिकाहरुले भाग लिने भएका छन । जेठ ८ देखि १५ गतेसम्म फिलिपिन्समा हुने लिटल एण्ड टिन ईन्टरनेश्नल ग्लाम पेजेन्ट २०२५ को छैटौ संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै बुटवलका मिस्टर अभिनव न्यौपाने, मिस मिरिन्जा गाहा, अग्रिमा कुवर र नेपालगंजबाट मिस मोनिका कठायत गरि चार जना प्रतिस्प्रर्धामा उत्रने भएका छन । 

बालबालिकाहरुमा रहेको प्रतिभालाई ट्यालेन्ट, गाला राउण्ड, प्रश्नावली लगायत विभिन्न राउण्डमा प्रतिस्प्रधा गराई उत्कृष्टलाई पुरस्कृत गरिने लिटल एण्ड टिन ईन्टरनेश्नल ग्लाम २०२५ को नेश्नल डाईरेक्टर तथा मेजेस्ट्रिक ग्रुपका सिईयो मंजिस गिरिले बताए । देशभित्र नै गरिएको प्रतिभा प्रस्फुटनका कार्यक्रमबाट उत्कृष्ट भई यो अवसर बालबालिकाहरुले पाएको उनी बताउछन । नेपालको भाषा, भेषभुषा, संस्कृतिलाई अन्तर्राष्ट्रिय मंचमा चिनाउने अवसरका रुपमा यो प्रतियोगिता भएको उनले बताए । विगत लामोसमयदेखि बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण कार्यक्रम गर्दै आएको उनले बताए । २०१६ मा शुरु भएको र लामोसमयदेखि निरन्तर हुँदै आएको छ । सगरमाथा, लुम्बिनी र बिर गोर्खालीको रुपमा रहेको नेपालको पहिचानलाई थप उजगार गर्ने लक्ष्य रहेको उनले बताए ।

ग्रुपको आयोजनामा मोडल अफ लुम्बिनीमा सहभागी भएर विजेता र विभिन्न विधामा उत्कृष्ट बन्दै छनौट भएको उनले बताए । यसअघि समेत धेरै विधामा नेपालबाट प्रतिनिधित्व गरेका बालबालिकाहरुले पुरस्कृत जितेको ईतिहास रहेको भन्दै उनले यसपटक अझ राम्रो नतिजा ल्याउने गरि तयारी भैरहेको बताए । नेपालमा पनि जेठमा मास्टर एण्ड मिस लिटल २०२५ को तयारी भैरहेको भन्दै बढीभन्दा बढी बालबालिकाहरु सहभागिता गराउन उनले आग्रह गरे । पाँचौ संस्करणमा ३३ देश सहभागी रहेको भन्दै उनले यो छैटौ सिजनमा थप देशहरु बढ्ने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।