ताजा अपडेट »

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको भन्दै युवक पक्राउ

सोमबार, २९ बैशाख २०८२, १७ : ०२
88 Shares
सोमबार, २९ बैशाख २०८२
88 Shares

रौतहट । धार्मिक सम्प्रदायमा असर पार्ने किसिमको भिडियो बनाएर सामाजिक  संजालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षीय युवक साजिद खानलाई पक्राउ गरेको हो । 

साम्प्रदायिक सदभावमा असर पार्ने किसिमको भाषा प्रयोग गरि खानले  भिडियो बनाएर सामाजिक संजालमा आइतबार राती पोष्ट गरेका थिए । सो भिडियो सामाजिक संजालमा भाइरल भएपछी तत्काल पक्राउ गरी कारवाही गर्न यहाका अगुवाहरुले माग गरेका थिए । प्रहरीले सोमबार बिहान खानलाई पक्राउ गरि अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक नेत्रमणी गिरीले सामाजिक संजालमा सदभाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए ।

यस विषयमा आवश्क अनुसन्धान गरेर आवश्यक कानुनी कारवाही गरिने उनले जानकारी दिए । धार्मिक सदभाव बिगार्ने किसिमको कार्य नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।