ताजा अपडेट »

बुटवलमा एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा सञ्चालन

शुक्रबार, १४ बैशाख २०८१, ०८ : ०९
68 Shares

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा सञ्चालनमा आएको छ । लण्डनमा प्रधान कार्यलय रहेको एएचजेडले नेपालमा काठमाडौं र पोखरापछि तेस्रो शाखा बुटवलको मिलनचोकमा विस्तार गरेको हो ।

बुटवल क्षेत्रका विद्यार्थीहरुलाई यूकेको शैक्षिक अवस्था, त्यहाँको शिक्षा प्रणाली, कलेजहरुको अवस्था तथा भिसा प्रक्रियाका बारेमा सहज रुपमा आफ्नै घरदैलोमा सेवा दिने उद्देश्यले बुटवलमा नयाँ शाखा सञ्चालनमा आएको रिजनल म्यानेजर रिसब गौतमले बताए ।

‘विद्यार्थीले यूकेको शिक्षा प्रणाली, विश्वविद्यालय र कलेजहरुको जानकारीसँगै त्यहाँ जानका लागि के कस्तो तयारी गर्ने, शैक्षिक, आर्थिक अवस्था कस्तो हुनुपर्छ, भिसा प्रक्रिया कस्तो छ, छात्रवृत्ति छकि छैन, रोजगारीका अवसर कसरी पाइन्छ, त्यहाँको कानुन कस्तो छ भन्नेसमेत विज्ञ तथा मान्यताप्राप्त काउन्सलरबाट जानकारी पाउनेछन् ।’, उनले भने ।

पछिल्लो समय ंद्द पछि नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको पहिलो रोजाई बेलायत भइरहेको अबस्थामा विद्यार्थीहरुलाई यूकेका विश्विद्यालय र कलेजबाटै प्रतिनिधि आएर काउन्सेलिङ गर्ने रिजनल म्यानेजर गौतमले बताए । बेलायतमा गुणस्तरीय शिक्षासँगै रोजगारीको अवसर पनि भएकाले विद्यार्थीको आकर्षण यसतर्फ बढ्दै गएको उनको भनाइ छ । एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभका १६ वढी देशमा ५० बढी शाखा सञ्चालनमा रहेको उनले बताए । नेपालबाट छोटो समयमै १५० बढी विद्यार्थी यूके पुगीसकेको जानकारी दिँदै उनले बिद्यार्थीबाट सर्भिस चार्ज नलिने र तत्काल रेस्पोन्स गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।