ताजा अपडेट »

पश्चिम कालिकानगर खानेपानीमा भण्डारीको नेतृत्व , जेष्ठ नागरिकलाई सम्मान

सोमबार, १४ फागुन २०८०, ०९ : २३
66 Shares

बुटवल। पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था बुटवल ११ को दोश्रो अधिबेसन तथा चौथो साधारण सभा सम्पन्न भएको छ । अधिबेसनले आगामी ३ बर्षका लागि पारसमणि भण्डारी अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा श्यामबहादुर पुन , सचिबमा लक्ष्मी गौतम न्यौपाने , सहसचिब मिना न्यौपाने र कोषाध्यक्ष बुधमाया पुन निर्बिरोध निर्बाचित हुनु भएको छ । सदस्यहरु र लेखा समितिका लागि निर्बाचन भएको थियो ।

जस अनुसार सदस्यहरुमा घनश्याम ज्ञवाली , पुरुषोत्तम अर्याल, सुरेन्द्र ज्ञवाली , मिनराज ज्ञवाली , बिष्णुप्रसाद भण्डारी , मनु गोदार , ध्रुब अर्याल , लक्ष्मी न्यौपाने गैरे , कल्पना रेग्मी आचार्य र बिष्णु प्रसाद चापागाई निर्बाचित भएका छन् ।

लेखा समितिको संयोजकमा बिष्णुप्रसाद खनाल तथा सदस्यहरुमा पुष्पकमल वाग्ले र पिताम्बर पन्थी निर्बाचित हुनुभएको निर्बाचन समितिका संयोजक मेघराज न्यौपानेले जानकारी दिए । यसअघि साधारण तथा अधिबेसनको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका कुनैपनि स्थानमा खानेपानीको अभाव हुन नदिने गरी उपमहानगरपालिकाले योजना बनाइरहेको बताए । उनले स्वच्छ , सफा , हरियाली र उज्यालो बुटवल बनाउनका लागि सबै समूदाय र संस्थाहरुको भुमिका महत्वपुर्ण हुने बताए ।

उपप्रमुख साबित्रा देवी अर्यालले खानेपानी सबैको अधिकार भएकाले उपमहानगरपालिकाले सोही अनुसार कार्य गरीरहेको बताए ।  उनले बैसाख सम्म झुम्सा खानेपानी आयोजना पुरा हुने र त्यहाँ बाट ल्याइएको पानीले बुटवलका खानेपानीको अभावलाई पुरा गर्ने बताए ।

कार्यक्रमका अबसरमा प्रमुख पाण्डेले ८० बर्ष पुगेका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर नगद सहित सम्मान गरे। सस्थाले प्रकासन गरेको स्मारिकाको पनि प्रमुख पाण्डेले बिमोचन गरेका थिए। कार्यक्रममा संस्थाको लागि आर्थिक , प्राबिधिक तथा सामाजिक रुपमा सहयोग पुराउने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । साधारण सभाले अध्यक्ष खकप्रसाद पुनले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिबेदन र कोषाध्यक्ष श्याम पुनले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरेको छ ।

अध्यक्ष खकप्रसाद पुनको अध्यक्षता , उपाध्यक्ष पारसमणि भण्डारीको स्वागत र सचिब लक्ष्मी गौतमको सञ्चालनमा भएको उदघाटन कार्यक्रममा पुर्ब वडाध्यक्ष होमबहादुर गलामी , बुटवल गोरुसिगें चन्द्रौटा सडक आयोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसी , खानेपानी बिभागका पुर्व सहसचिब इन्जिनियर नन्दलाल बञ्जाडे , देबसिद्द खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष भरत पाठक लगाएतले बोलेका थिए । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।