ताजा अपडेट »

तुलसीपुरमा क्वारेन्टाइनका लागि थप ५० वेड तयार

आइतबार, १६ चैत्र २०७६, १९ : ४५
4 Shares

तुलसीपुर । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर तुलसीपुर उपमहानगरपालिकाले आइतवार थप ५० वेडको क्वारेन्टाइन तयार पारेको छ । गुरुजजुर मावि रक्षाचौरको भर्खरै निर्माण भएको नयाँ भवनमा यस्तो क्वारेन्टाइन निर्माण भएको विपद् व्यवस्थापन शाखा अधिकृत भिम खत्रीले जानकारी दिए ।

विदेशबाट आएका र अन्य कोरोना संक्रमणको आशंका भएका व्यक्तिलाई राख्नमा लागि यस्तो क्वारेन्टाइनको व्यवस्था गरिएको हो । यसभन्दा अगाडि तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गरेको सभाहलमा ५ वेडको क्वारेन्टाइन निर्माण गरिएको थियो । उपमहानगरपालिकाले पहिलो चरणमा १ सय जनाका लागि क्वारेन्टाइन निर्माण गर्नेछ । विभिन्न विद्यालयमा यस्ता क्वारेन्टाइन निर्माण गरिने जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानले जानकारी दिए । प्रमुख न्यौपानेले अन्य विद्यालयसँग समन्वय गरेर सोमवारसम्म एक सय जनाका लागि क्वारेन्टाइन वनाइसकिने जानकारी दिए ।

तुलसीपुरमा निर्माण गरिएको क्वारेन्टाइनमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले मसेत सघाएका थिए । क्वारेन्टाइनका लागि आवश्यक केही सामग्री नेपाल रेडक्रस सोसाइटी दाङ्गले उपलब्ध गराएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाभित्र क्वारेन्टाइनको अभाव हुन नदिने वताए । उनले आइतवार विहान सम्म भारत र अन्य देशबाट आएका २ सय ८१ जनाको पहिचान भइसकेको वताउँदै सबैलाई निगरानीमा राखिएको पनि वताए । “शंकास्पद व्यक्तिलाई हामीले निगरानीमा राखेका छौ” नगरप्रमुख पाण्डेले सबैको तथ्यांक ल्याएपछि थप कदम अगाडि वढाइने वताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।