ताजा अपडेट »

निःशुल्क रगत अभियानका लागि कोष स्थापनाः रोटरी रोट्याक

शुक्रबार, ०४ असार २०७८, ११ : ००
6 Shares

बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्सका रो बालकृष्ण पाण्डे र रोट्याक क्लब अफ लुम्बिनी स्टार्सका बिमल ढकाल को संयुक्त अध्यक्षतामा आयोजनामा विहीवार बुटवलमा गरिव तथा असहायका लागि निःशुल्क रगत अभियान अन्तरगत रकम हस्तान्तरण तथा स्वाश्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो बालकृष्ण पाण्डे स्वागतसंगै क्लबका कार्यक्रम प्रस्तुत गरेका थिए । रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्याक क्लब अफ लुम्बिनी स्टार्सले गत वर्षबाट सञ्चालन गरेको सो अभियानलाई थप व्यवस्थित र निरन्तरताका लागि कोष खडा गरि कार्यक्रमलाई अगाडी बढाउने लक्ष्यसहित काम थालिएको सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रममा रोटरी डिष्ट्रक ३२९२ का डिजीएनडि रो.राजेन्द्र ध्वजु, जोन २० का एजी रो। राजकुमार गुप्ता, टिआरएफ चेयर रो.एजाज आलम, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रो. यादव भण्डारी लगायतले दुबै क्लबले संकलन गरेको १ लाख ५० हजार रकमको चेक नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासलाई हस्तान्तरण गरेका थिए । त्यसैगरि सोही अवसरमा नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानलाई स्वास्थय सामाग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रक ३२९२ का डिजीएनडि रो. राजेन्द्र ध्वजुले सामाजिक सेवाको काममा रोटरी तथा रोट्याक क्लबहरुको सक्रियताले सबैलाई प्रेरणा दिएको बताउदै रगतको अभावमा गरिव तथा असहाय नागरिकले ज्यान गुमाउने अवस्था नआवस भनेर सबै लाग्नु पर्ने धारणा राखे । उनले रगत संकलन र वितरणमा रोटरीले कुन प्रकार सहयोग गर्न आवश्यक छ, त्यसका लागि योजना बनाएर सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जाहेर गरे। गौतमबुद्ध सामुदायीक मुटु अस्तपतालका अध्यक्ष एजाज आलमले निःशुल्क रगतका लागि रुपन्देहीबाट चालिएको अभियानले अहिले साकार रुप धारण गरेको उल्लेख गर्दै प्रदेश सरकारले निःशुल्क रगतका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद दिदै त्यसलाई सहि र व्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह गरे।

रोटरी डिष्ट्रक ३२९२ जोन २० का एजी राजकुमार गुप्ताले गरिव तथा असहाय नागरिकका लागि रगतको निःशुल्क व्यवस्था गर्नका लागि चालिएका कदममा सबै क्षेत्रका सहयोग र सहकार्य जरुरी रहेको उल्लेख गर्दै अभियानलाई विचमा रोकिने अवस्था आउन नहुनेतर्फ सचेत बन्न सुझाव दिए । रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रो। यादव भण्डारीले आफ्नो कार्यकालमा थालिएको अभियानलाई राज्यले समेत ग्रहण गरेको अवस्था आएकोमा प्रशन्नता व्यक्त गर्दै यो काम सक्रिय सहकार्य र इमानदारिताले मात्र अगाडी बढ्ने धारणा राखे।

क्लबका सचिव रो विक्रम क्षेत्रीको सञ्चालन तथा कार्यक्रम संयोजक रितेश ज्ञवालीको स्वागतमा र रोट्याक क्लब अफ लुम्बिनी स्टार्सका रो मुक्ति भन्डारीको समायोजनमा भएको कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य बाबुराम भट्टराई, जिल्ला अध्यक्ष प्रेमलाल उदास, प्रुडेन्सियल इन्स्योरेन्सका धुब्र प्रसाद कोइराला लगायतले भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।