ताजा अपडेट »

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाबारे छलफल

बुधबार, २१ जेठ २०७७, २२ : १४
8 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड –१९) का संक्रमित बढेसँगै ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाबारे छलफल गरेको छ । संक्रमित दुई हजार नाघेपछि ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विपद् अवस्थाबारे छलफल गरिएको बताए । “संक्रमित बढेपछि मन्त्रालयले विपद् अवस्थाका बारेमा छलफल गरेको छ ’’, उनले भने, “निर्णयमा प्रमाणीकरण गर्न बाँकी रहेको छ ।’’

नेपालमा अहिलेसम्म दुई हजार ३०० संक्रमित देखिएका छन् । ‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ मा विश्वव्यापी प्रक्रियानुसार संक्रमितको संख्या र अवस्थाका आधारमा महामारी स्तर निर्धारण गरिएको छ । उक्त योजनामा दुई हजारदेखि पाँच हजारसम्म सङ्क्रमित पुगेपछि ‘लेभल–२’ मानिने र सो स्थितिमा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुन सक्ने उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।