ताजा अपडेट »

तिलोत्तमा नगरपालिकामा अन्तरवडा स्तरीय भलिबल प्रतियोगिता

बुधबार, १४ चैत्र २०८०, १२ : ३२
294 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्तरवडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता भोलिसम्म चल्ने छ । 

प्रतियोगिताको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले बुधबार एक कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख खाँणले खेलकुदको विकासका लागि पनि नगरपालिकाले विशेष ध्यान दिएको बताए । 

साथै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले भलिबल लगायतका सबै प्रकारको खेलाडीलाई हौसला प्रदान र आवश्यक सहयोग गर्ने बताए । साथै उपप्रमुख चौधरीले पनि नगरपालिकाले खेलाडी र खेल क्षेत्रको विकासका लागि सबैसँग हातेमाले गरेर अघि बढ्न तयार रहेको बताए । 

यस्तै नगर खेलकुद विकास संयोजक लोक पुनले तिलोत्तमा नगरपालिका १९ वडा मध्य १३ वटा वडाले मात्रै प्रतियोगितामा सहभागिता जनाएको बताए । पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले पनि ४ वटा वडाले आवश्यक तयारी गर्न नसक्दा सहभागि हुन नसकेको बताउँदै आग्रामी वर्ष सबै वडाबाट सहभागिता रहने विश्वास व्यक्त गरे ।   
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।