ताजा अपडेट »

गुल्मीको भनभनेमा ३ घरगोठ जलेर नष्ट

आइतबार, १६ बैशाख २०८१, १६ : २२
136 Shares

बुटवल । आईतबार दिउँसो गुल्मीको मदाने गाउँपालिका ७ को भनभनेको वनमा लागेको आगो वस्ती तर्फ फैलिएर तीन वटा घर–गोठ जलेर नष्ट भएका छन्।  

भनभनेको दिपक मावि नजिकको वनमा फैलिएको डढेले  वस्ती तर्फ फैलिए पछि मानबहादुर जिसी टोपबहादर जिसीको  ३ वटा घर गोठ जलेर नष्ट भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम पन्थीले जानकारी दिए । 

उनका अनुसार आगोलागी नियन्त्रणमा प्रहरी, जनप्रतिनिधी र सर्वसाधरण जुटे पनि थप करिब १०  वटा घर उच्च जोखिमा छन्। ईलाका प्रहरी कार्यालय पुर्कोटदको प्रहरी आगो नियन्त्रणमा खटेको र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली त्यस तर्फ जान लागेको जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।