ताजा अपडेट »

गुगलको मातृ कम्पनी अल्फाबेट पुनः बन्यो २ ट्रिलियन डलरको कम्पनी । बिश्वकै मुल्यवान कम्पनीमा चौथो स्थान

आइतबार, १६ बैशाख २०८१, १६ : ५३
30 Shares

काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रिलियन डलर पुगेको हो । अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रिलियन डलरको कम्पनी बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनी बनेको छ । अहिले विश्वमा माइक्रोसफ्ट ३ ट्रिलियन डलरको कम्पनिका रुपमा रहेको छ । यो विश्वमै सबैभन्दा ठुलो कम्पनी बनेको छ ।

त्यस्तै एप्पल २.६ ट्रिलियन डलरसहित सबैभन्दा ठुलो कम्पनीको सूचीमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै सफ्टवेयर कम्पनि एनभिडिया २.२ ट्रिलीयन डलरको कम्पनी बन्दै तेश्रो स्थानमा रहेको छ । यसैगरी अहिले अमेजन १.८ ट्रिलियन डलरसहित पाँचौं स्थानमा छ भने मेटा १.१ ट्रिलियन डलर कम्पनीका रुपमा छैटौं स्थानमा रहेको छ ।

#टाईम्स अफ ईण्डिया

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।