ताजा अपडेट »

जन्म दिनमा केक काट्न भन्दा एउटा रुख रोपौं: मेयर खांण

बुधबार, १७ माघ २०८०, २० : ०१
92 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांणले जन्म दिनमा केक काट्न भन्दा एउटा रुख रोप्न आग्रह गरेका छन् । मेयर  खांणले आफ्नो जन्म दिनको अवसरमा बुधबार कार्यालय परिसरमा रुख रोप्दै सो कुरा बताएका हुन् ।  

जन्म दिनको अवसरमा  पश्चिमा शैलीको केक काटने बत्ती निभाउने जस्ता कार्यलाई बन्द गरी हरेक नागरिकलाई जीवन पद्धतीसंग जोडेर सांस्कारिक नगरपालिका बनाउने र समाजमा विकास  गर्ने सोच अगाडी सारेको नगर प्रमुख रामकृष्ण खांणले बताए।

उनले नगरलाई वातावरण मैत्री सुन्दर र हरियाली नगरपालिका बनाउने बताए। वातावरण स्वच्छ हुने मानिसको आयू लम्बिने र दीर्घ जीवन हुने  र संस्कारको विकास गर्न नगरमा यस्तो अभियानलाई अगाडी सारेको नगर प्रमुख खांणले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।