ताजा अपडेट »

बुटवलको मिलनचोकमा महालक्ष्मी स्वीट्स, शुभारम्भको अवसरमा १० प्रतिशत छुट

आइतबार, १६ बैशाख २०८१, १६ : २८
502 Shares

बुटवल । गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी पारखीहरुका लागि बुटवलको मिलनचोकमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको छ । मदुसुदन पाण्डे र पप्पुकुमार गुप्ताले करिब २ करोड लगानीमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको हो ।

स्वीट्सको औपचारिक शुभारम्भ भोली सोमबार हुँदैछ । स्वीट्सका सञ्चालक पप्पुकुमार गुप्ताले गुणस्तरलाई ध्यानमा राखेर आफूहरुले सेवा दिने बताए । अर्का सञ्चालक मदुसुदन पाण्डे शुद्ध मिठाईका परिकार र सत प्रतिशत शुद्ध शाहाकारी भोजनालय स्वीट्समा उपलब्ध हुने बताए ।

साथै उनले स्वीट्समा २० प्रकारका नमकिन बनाईने बताए । हाल स्वीट्समा ३० जनाले रोजगारी पाएका छन् । ६० प्रकारका विभिन्न स्वादमा मिठाई पाईने उनको भनाई छ । ‘हामीले ग्राहकको माग भएमा १२० प्रकारका मिठाई दिन सक्छौ । त्यो बाहेक फापरको रोटी पनि हामीकहाँ पाउँछ’ उनले भने ।

एकै पटकमा ४० जनाले सेवा लिन सक्ने गरी संरचना बनाइएको छ । स्वीट्सले उद्घाटनको अवसरमा एक महिनासम्म १० प्रतिशत छुट दिने बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।