ताजा अपडेट »

बुटवलमा भेस्पा र अप्रीला ब्राण्डको स्टुकरका लागि गैरे अटोमोबाइल्स शुभारम्भ

बुधबार, ३० फागुन २०८०, १० : ५७
142 Shares

बुटवल । नेपालका लागि भेस्पा र अप्रीला ब्राण्डका स्कुटरको आधिकरिक विक्रेता डेल्टा अटोकर्प प्रालिले मंगलवारबाट बुटवल कालिकानगर स्थित नयाँ डिलर गैरे अटोमोबाईल्स मार्फत बिक्री वितरणको शुभारम्भ गरेको छ ।

बुटवल क्षेत्रमा बढ्दै गएको भेस्पा र अप्रीला ब्राण्डका स्कुटरहरुको मागलाई मध्य नजर गरी नयाँ डिलरशीप सुरु गरिएको कम्पनीले जनाएको छ । डेल्टा अटोकर्प प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतो र गैरे अटोमोबाईल्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरे । गैरे अटोमोबाईल्सको नयाँ शाखाबाट ग्राहकले विश्वस्तरीय भेस्पा र अप्रीला ब्राण्डका स्कुटरहरुको सेल्स, सर्भिस र स्पेयर्सका साथै एक्सचेन्जका साथमा फाइनान्सको पनि सुबिधा दिईएको  कम्पनीले बताएको छ ।

कम्पनीका प्रमुख कार्यकरी अधिकृत तथा निर्देशक विजय कुमार महतोले शोरुमको शुभारम्भ गर्दै बुटवलमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा गर्वको महशुस गरेको उल्लेख गरे । बुटवलमा यो नयाँ शोरुम विस्तारसँगै भेस्पा र अप्रीला ब्राण्डका स्कुटरहरु खरिद गर्नुको साथै छिटो छरितो सर्भिसिङ्गको साथमा स्पेयर्स पार्ट्सको सजिलै सेवा पनि लिन सकिने बताए ।  शुभारम्भ कार्यक्रममा मंगलवार पहिलो दिनका लागि भेस्पा र अप्रीला ब्राण्डका स्कुटरहरु खरिद गर्नेलाई प्रति स्कुटर १० हजार रुपैया बराबरको नगद छुटका साथै एक थान ब्राण्डेड हेलमेट उपहार प्रदान गरिएको थियो ।

शोरुम शुभारम्भ गर्दै गैरे अटोमोबाइल्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले ग्राहकहरु माझ बढ्दै गएको भेस्पा र अप्रीला ब्राण्डका स्कुटरहरुको लोकप्रियतालाई मध्य नजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको बताए । उनले ग्राहकहरुको बढ्दो मागलाई परिपूर्ति तर्फ निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न गैरे अटोमोबाइल्स प्रतिबद्ध रहेको जानकारी दिए । उनले ग्राहकहरुको मागलाई मध्य नजर गर्दै स्कुटर खरिद गरे पश्चात् तुरुन्त नामसारी गरी बिल बुक उपलब्ध गराउने बिश्वास व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।