ताजा अपडेट »

बुटवलको कालिकानगर स्थित बैदवार फार्मेसीका सञ्चालक पक्राउ

विहीबार, २७ बैशाख २०८१, ११ : ४५
8.24K Shares

बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् ।

औषधि जस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय बुटवलले सञ्चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।  लागुऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा छापा मारेको उनले बताए । 

डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागुऔषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको प्रमुख पण्डितको जानकारी दिए । प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिणाममा त्यस्ता औषधि फेला परेको बताएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।