ताजा अपडेट »

लुम्बिनीका केही स्थानसहित यी स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना

सोमबार, ०७ जेठ २०८१, ०६ : ४०
5.30K Shares
सोमबार, ०७ जेठ २०८१
5.30K Shares

बुटवल । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

कोशी, मधेस, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागहरूका एक-दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बाग्मती  प्रदेशको एक-दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।