ताजा अपडेट »

आज साँझदेखि बुटवल नयाँ गाउँमा रमाईलो मेला

विहीबार, ०३ जेठ २०८१, १२ : ३५
4.71K Shares
विहीबार, ०३ जेठ २०८१
4.71K Shares

बुटवल । बुटवल उपहानगरपालिका-१२ नयाँगाउँमा आज साँझदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु हुँदै छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले नयाँगाउँस्थित भार्सेली टोलमा मेला आयोजना गरेको छ ।

प्रालिका अध्यक्ष गोविन्द भुसालले साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पुर्याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको बताए । मेलामा साँस्कृतिक कार्यक्रम, डान्स आइडलसँगै बाल उद्यान, टोटल र व्यापारिक स्टलहरु रहनेछन् । मेला दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने अध्यक्ष भुसालले जानकारी गराए ।

मेलामा राष्ट्रिय कलाकारहरु गायक बद्री पंगेनी, ज्योति मगर, प्रिती आले, प्रकाश दुतराज, धुर्मुस सुन्तली, पल शाह लगायतले प्रस्तुति दिनेछन् । डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष भुसालले जानकारी दिए । मेलामा प्रवेशका लागि सय रुपैयाँ टिकट तोकिएको छ भने विद्यार्थीलाई ७० रुपैयाँ कायम गरीएको छ । यस्तै जेष्ठ नागरीक र ५ वर्ष मुनिका बालबालिकाका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरीएको अध्यक्ष भुसालले बताए ।

१६ दिनसम्म चल्ने मेला १९ गते समापन हुनेछ । मेला अवधिभरमा करिब ५० हजार बढी दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । मेलालाई उपकार आमा समुह नयाँगाउँ, संगम टोल विकास संस्था लगायतले सहयोग गरेका छन् भने सह-आयोजकमा बुटवल उपमहानगरपालिका १२ र १३ वडा कार्यालय रहेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।