ताजा अपडेट »

गृहमन्त्री लामिछानेको चेतावनी -‘अब देश तपाइँहरुको गन-गनले मात्र चल्दैन'

आइतबार, ०६ जेठ २०८१, १९ : २८
232 Shares
आइतबार, ०६ जेठ २०८१
232 Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्दैन’ भन्ने चेतावनी दिँदै झुटा मुद्दा र मिडिया ट्रायलले आफू नडराउने बताएका छन् । लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन् ।

उनले आफूलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् । यसैगरी लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिँदै आफू गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा सहभागी नभएको बताए । आफूले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनि छोडीसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताए ।

उनले जीबी राईले गरेका सबै फोहोर आफूले सफा गर्नुपर्छ भन्ने नरहेको संसदमा बताएका छन् । पोखराको सुर्यदर्शन सहकारीबाट आफूले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए ।

उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफू यो विष पीउन तयार रहेको बताए ।
 
     

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।