ताजा अपडेट »

बुटवलको देविनगरमा आगलागी, ढाई करोड बढी क्षति भएको दाबी

मंगलबार, २५ बैशाख २०८१, ०९ : १०
33.45K Shares

बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा मँगलबार विहान आगलागी भएको छ । देविनगरको नारायणपथ स्थित ओम प्राप्ती एण्ड प्रिसा सप्लायर्समा मँगलबार विहान आगलागी भएको हो । आगलागीबाट ढाई करोड बढी क्षति भएको सञ्चालक प्रिजम श्रेष्ठले दाबी गरे ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ४ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । गोममा मोटरसाइकलका पार्ट्स, टायर, मोविल, लिक्वीड लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन् । विहान करिव ४ बजेको समयमा आगलागी भएको बारे आफूलाई जानकारी प्राप्त भएको सञ्चालक श्रेष्ठले बताए । स्थानीय, प्रहरी तथा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि गोदामका अधिकांश सामग्री जलेर नष्ट भएका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।