ताजा अपडेट »

माओवादी केन्द्र सिद्धार्थनगर वडा नम्बर ४ को भेला सम्पन्न

आइतबार, ०६ जेठ २०८१, ११ : ००
154 Shares
आइतबार, ०६ जेठ २०८१
154 Shares

बुटवल ।  माओवादी केन्द्र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को भेला सम्पन्न भएको छ । भेला अब्दुल खलिकको अध्यक्षता, करिम मुसलमानको संचालन तथा मेराज खानको  स्वागतमा भेला सम्पन्न भएको हो । 

भेलालाई सम्बोधन गर्दै    माओवादी केन्द्रका केन्द्रीय सदस्य  किस्मत बिश्ववकर्माले माओवादी केन्द्रको सदस्ययता नविकरण र  बिस्तार अभियान रूपन्देही  जिल्लामा संचालन भइरहेको बताए । साथै उनले अभियानबाट पार्टीलाई वार्ड  टोलबाट संङ्गठित गर्नु  पर्ने  धारणा राख्दै  देशको समृद्धि र बिकास  माओवादी केन्द्रबाट नै सम्भव रहेको दाबी गरे । माओवादीको नेतृत्वमा  ब्यवस्था परिवर्तन भएको र अब नेपाली जनताको अवस्था  परिवर्तन गर्दै  नेपाललाई समृद्ध मुलक बनाउने जिम्मेवारी पनि माओवादीकै रहेको बताए । 

सो भेलालाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तिर बहादुर रोक्का डार्बिन, रूपन्देही  क्षेत्र ३ (क) का इन्चार्ज  उमेश खनाल, माओवादी केन्द्र  सिनपाका अध्यक्ष नारायण हमालले लगायतले आफनो बिचार राखेका थिए । 


सम्पन्न भेलाले सिद्वार्थ नगर नगरपालिका वार्ड  ४ मा  अब्दुल खलिकको अध्यक्षतामा २१ सदस्य माओबादी केन्द्र  सिनपा ४ वार्ड  कमिटी  निर्वाचित गरेको छ । जसको उपाध्यक्ष बुद्विबहादुर गुरूङ, सचिब करिमा मुसलमान, सहसचिब प्रेम बि.क., कोषाध्यक्ष दुर्गा धरिकार रहेका छन् भने सदस्यहरूमा सद्वाम खान , मुबारक अलि ,भुवन थापा, रमेश बनिया , जित बहादुर बि क ,अमर बि क, राजेश बनिया, किरण बनिया, दिपक बनिया, समीर अग्रहरी, जाकिर हुसेन, धुर्ब चौधरी ,लाला यादव ,राहुल तेलि ,दुर्गेस साहानि निर्वाचित भएको माओवादी सिद्धार्थनगर अध्यक्ष हमालले बताए ।    

1271d4b6-bac6-4841-a562-11884c38f503

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।