ताजा अपडेट »

बुटवलको झोलुङ्गे पुलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते

आइतबार, ०६ जेठ २०८१, ०६ : ४९
8.96K Shares
आइतबार, ०६ जेठ २०८१
8.96K Shares

बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आइतबार विहान एक महिलाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ महिला घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल-११ देवीनगरकी ५६ वर्षीया कमला नेपाली रहेकी छन् । अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले विहान ५:३१ बजे मृत घोषणा गरेका थिए । यसैगरी उनीसँगै पैदल हिँडेका सोही ठाउँका ५५ वर्षीया कमला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।