ताजा अपडेट »

बुटवलको होराइजन चोकबाट अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ

सोमबार, २४ बैशाख २०८१, १८ : १२
9K Shares
सोमबार, २४ बैशाख २०८१
9K Shares

बुटवल । बुटवलको होराइजन चोकबाट सट्टेबाजीमा संलग्न भएको आरोपमा सोमबार प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट १३ थान कम्प्युटर तथा ३९ थान मोबाइल समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पाण्डेले जानकारी  दिए ।

अनलाईन गेम खेलाएर सट्टेबाजी गरेको आशंकामा प्रहरीले छापा मारेर १३ जना भारतीयलाई पक्राउ गरेको हो । पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित एक घर भाडामा लिएर अनलाईन गेम खेलाउने र सट्टेवाजी गराउने गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । 

उनीहरुले के कसरी कारोबार तथा गतिविधि सञ्चालन गरेका थिए भन्ने बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।