ताजा अपडेट »
प्रवास

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुदै । चलचित्र ‘गाउँ आएको बाटो’ देखाइने

सोमबार, ०७ जेठ २०८१, ०८ : ४८
238 Shares
सोमबार, ०७ जेठ २०८१
238 Shares

काठमाण्डौ । अमेरीकाको मेरील्याण्डमा यही जुन जुन २० देखि २३ (असार ६ देखि ९) सम्म आयोजना हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ओपनिङ चलचित्रको रुपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को अमेरिका प्रिमियर गरीएको छ । 

सन २०२३ मा टोरन्टोमा वल्ड प्रिमियरसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता जनाईसकेको छ । नेपालमा यो चलचित्र चाहिँ जेठ २५ बाट रिलिज हुँदैछ । आमोद राई निर्माता रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा चलचित्रले समेटेको छ ।

‘गाउँ आएको बाटो’ चलचित्रका निर्माता राईले फेस्टिभलको हिस्सा हुन पाउँदा खुसी लागेको बताए । ‘सांस्कृतिक विविधतालाई मनाउने यो राम्रो अवसर हो’ उनले भने ।

फेस्टिभल समापन चिलचित्रको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । भेनिस फिल्म फेस्टिभलमा वल्ड प्रिमियर भइसकेको यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन्। । चलचित्रमा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ । वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्ने यो चलचित्रले उत्कृष्ट समीक्षा प्राप्त गरेको छ । अमेरिकामा भने यो पहिलोपटक स्क्रिनिङ हुन लागेको हो ।

फेस्टिभलको पूर्ण लाइन–अप भने चाँडै सार्वजनिक गर्ने तयारी रहेको आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले जानकारी गराए । नेपाल अमेरिका पिल्म फेस्टिभल अमेरिकाको मेरिल्याण्डमा आयोजना हुँदै आएको छ ।

नेपाल र अमेरिकको कला, संस्कृति, परम्परा र ज्ञानलाई चलचित्रमार्फत जोड्न महोत्सव आयोजना गर्न लागिएको महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी गराए । बराइलीका अनुसार महोत्सवमा मूलतः नेपालका विशेष चलचित्र, वृत्तचित्र, लघु चलचित्र, सजीवता (एनिमेसन) लगायत विधाका चलचित्र प्रदर्शन गरिनेछन् ।

महोत्सवमा नेपालबाहेक दक्षिण एसिया, अमेरिकासहित विश्वभर बनेका चलचित्र प्रदर्शन गरिनेछ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।