ताजा अपडेट »

तिलोत्तमामा भयानक दुर्घटना, एक जना गम्भीर घाइते

सोमबार, ३१ बैशाख २०८१, १२ : ४६
23.56K Shares
सोमबार, ३१ बैशाख २०८१
23.56K Shares

बुटवल । रुपन्देहीको तिलोत्तम-१५ पत्थरडाँडामा सोमबार दिउँसो सवारी दुर्घटनामा परी एक पुरुष गम्भिर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय मँगलापुरले दिएको जानकारी अनुसार बा १५ च ६४०७ नम्बरको कार दुर्घटना हुँदा अन्दाजी ४५ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् ।

घाइते भएका पुरुषलाई उपचारका लागि तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगिएको छ । भैहवादेखि बुटवलतर्फ आउँदै गरेको कारले सोही दिशामा रोकीरहेको ना १ क ४३६४ नम्बरको क्रेनलाई ठक्कर दिएको थियो । घाइते व्यक्तिको थप पहिचान नखुलेको र घटना तिब्र गतिका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । दुर्घटनाग्रस्त गाडीमा भेटिएको कागजात अनुसार घाइते पुरुषको नाम दुर्गाबहादुर गुरुङ रहेको भएपनि पुष्टी हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तिलोत्तमामा आजै विहान लु ३ च ५९२९ नम्बरको कार दुर्घटनामा परेको थियो । उक्त दुर्घटना पनि तिब्र गतिका कारण भएको थियो । २ जना सामान्य घाइते भएको थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।