ताजा अपडेट »

दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म “घरज्वाइँ” को टिजर सार्वजनिक

आइतबार, ३० बैशाख २०८१, २० : ०४
162 Shares
आइतबार, ३० बैशाख २०८१
162 Shares

पछिल्लो समयका सर्वाधिक सफल जोडी दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म “घरज्वाइँ” को टिजर सार्वजनिक भएको छ ।

१ मिनेट ५५ सेकेण्डको टिजरमा आफुले मन पराएकी युवतीसँग बिहे गर्न घरज्वाइँ बन्नुपर्ने बाध्यतामा परेको एउटा पात्र वरिपरि टिजर घुम्छ ।

अनिल बुढा मगरको कथा र निर्देशन रहेका योे फिल्म मगर संस्कृतिमा आधारित छ । दयाहाङ र मिरुनाको प्रेमदेखि बिहे सम्मको प्रसंग टिजरमा समेटिएको छ ।

दयाहाङ फिल्ममा शिक्षकको भूमिकामा देखिएका छन । उनले मिरुनालाई पाउन गर्नुपरेको संघर्ष टिजरमा देखाइएको छ ।

जनक घर्ती मगर निर्माता रहेको फिल्ममा दयाहाङ र मिरुना संगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, बिबेश बुढा मगर तथा सुनिल मगर लगायतको अभिनय रहेको छ ।

सुसन प्रजापतिले खिचेको फिल्मको छायाङ्कन पुर्वी रुकुम र तकसेरा लगाएतका ठाउँहरुमा गरिएको हो । यो फिल्म आगामी असार २८ गतेबाट विश्वब्यापी रिलिज हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।