ताजा अपडेट »

इलाममा कांग्रेस अग्रता कायम, पछाउँदै एमाले

आइतबार, १६ बैशाख २०८१, १५ : ५३
90 Shares

इलाम । इलाम(२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।

फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ र एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।