ताजा अपडेट »

कांग्रेस संसदीय दलको बैठक आज नबस्ने

सोमबार, ३१ बैशाख २०८१, १० : ५०
42 Shares
सोमबार, ३१ बैशाख २०८१
42 Shares

 

काठमाडौँ । आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । 

कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बताइएको थियो । तर अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । 

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । 

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।