ताजा अपडेट »

काँग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा प्रस्तुत हुने विषयमाथि छलफल

शुक्रबार, ०४ जेठ २०८१, ०७ : २६
32 Shares
शुक्रबार, ०४ जेठ २०८१
32 Shares

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज विहान ९ बजे बस्दै छ । त्यसअघि संसदीय कार्यसमितिको बैठक बस्दै छ । संसदीय दल कार्यसमिति संसद भवन संसदीय दलको नेताको कार्यकक्ष तथा संसदीय दलको बैठक संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ ।

सदनमा हिजो सांसदहरूबीच धकेलाधकेलको अवस्थाले सहमतिको सम्भावना क्षीण बनेको छ ।प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रवि लामिछनेलाई बोल्न दिने तयारीबाट नेपाली कांग्रेस अस्वाभाविक रूपमा भड्किन पुगेको छ । बिहीबार बिहान ११ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक दलबिच सहमति जुटाउने भन्दै अपराह्न ४ बजेलाई सारियो ।

दिनभरको कसरतपछि पनि सहमति नजुट्दै ६ बजे प्रतिनिधिसभाको बैठक सुरु भयो । तर कांग्रेसको विरोधबिच सभामुख देवराज घिमिरेले गृहमन्त्री  लामिछानेलाई बोल्न दिएपछि बैठकमा धकेलाधकेलको स्थिति देखियो । धकेलाधकेल हातहालाहालतर्फ गएपछि सभामुखले पुनः गृहमन्त्रीलाई आसन ग्रहण गर्न र कार्यसूची स्थगित भएको बताएपछि स्थिति साम्य भएको थियो ।

सभामुखले आज विहान ११ बजे बैठक बोलाएका छन् । सोही बारे तयारीका लागि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।