ताजा अपडेट »

तिलोत्तमा दुर्घटना अपडेट : बुटवल देविनगरका दुर्गा गुरुङ गम्भीर घाइते

सोमबार, ३१ बैशाख २०८१, १३ : ०९
3.15K Shares
सोमबार, ३१ बैशाख २०८१
3.15K Shares

बुटवल । रुपन्देहीको तिलोत्तम-१५ पत्थरडाँडामा सोमबार दिउँसो सवारी दुर्घटनामा बुटवल-११ देवीनगरका ६७ वर्षीय दुर्गा गुरुङ गम्भीर घाइते भएका छन् । गुरुङलाई उपचारका लागि तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।

ईलाका प्रहरी कार्यालय मँगलापुरले दिएको जानकारी अनुसार भैरहवादेखि बुटवलतर्फ आउँदै गर्दा गुरुङ सवार बा १५ च ६४०७ नम्बरको गाडीले सोही दिशामा सडक बत्ति मर्मतका लागि रोकी राखेको क्रेनलाई ठक्कर दिएको थियो ।

गुरुङ सवार गाडीको ठक्करबाट रोकी राखेको ना १ क ४३६४ नम्बरको क्रेनसमेत अटो स्टार्ट भई गुड्न पुगेको प्रत्येक्षदर्शीले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिलोत्तमामा आजै विहान लु ३ च ५९२९ नम्बरको कार दुर्घटनामा परेको थियो । उक्त दुर्घटना पनि तिब्र गतिका कारण भएको थियो । २ जना सामान्य घाइते भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।