ताजा अपडेट »

कर्मचारी एशोसिएसनको २७ औँ स्थापना दिवस सम्पन्न

आइतबार, १६ बैशाख २०८१, १९ : १६
158 Shares

बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन २७ औं स्थापना दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्षमा पनि नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति बुटवल उपमहानगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

आज बैशाख १६ गते बुटवल वडा नं. ७ मा स्थित शिवनगर सामुदायिक वनमा नन्दिनी गाैशालामा रहेका गाैहरुलाई आहारा खुवाउदै कार्यक्रम शुभारम्भ गरिएको थियो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालकाे प्रमुख आतिथ्यता भएको साे कार्यक्रम नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका ईकाइ समिति बुटवलका अध्यक्ष अनिल माण्डव्यको अध्यक्ष्तामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम प्रमुख अतिथि अर्याल र नेपाल नगरपालिका कर्मचारी एशाेसियसन केन्द्रीय महासचिव  सितुप्रसाद श्रेष्ठ आफ्नो भनाइहरु राखेको थिए।शुभकामना व्यक्त गर्दै  उपप्रमुख अर्यालले बुटवल उपमहानगरपालिकाले सडकमा छाडा चाैपायालाइ व्यवस्थापन गर्ने पालिकाले अगुवाइ  गरिरहेकोमा सबै सामाजिक संघसंस्थाले यस महत्त्वपूर्ण अभियानमा हातेमालो गर्नुपर्ने बताए ।

कर्मचारीहरलेे सामाजिक उत्तरदायित्व वहन गरेर पालिकाकाे अभियानमा हाेस्टेमा हैंसे गरेकोमा धन्यवाद प्रकट गरे । साे कार्यक्रममा बाेल्द संगठनका महासचिव श्रेष्ठले एशाेसिएशन देशभरिका पालिकामा कार्यरत कर्मचारीहरु साझा पेशागत संस्था भएकोले कर्मचारीहरका पेशागत साझा मुद्दाहरुमा बिगतदेखि नै  विगतदेखि नै नेतृत्वदायि भुमिका निवाह गरिरहेका र निरन्तर गरि रहने बताए । साे कार्यक्रममा 

बुटवल बडा न ५ का अध्यक्ष हरिकुमार श्रेष्ठ तथा एशाेसिएसनका केन्द्रीय सदस्य द्वय ठगिश्वर पाेखरेल र ज्ञान प्रसाद अर्याल, निवर्तमान इकाई अध्यक्ष माधव बश्याल लगायतकाे उपस्थिती थियो ।

स्थापना दिवस अन्तर्गत आजै विहान १० बजे बुटवल उपमहानगरपालिका कार्यालयमा सेवा लिन आएका प्रथम सेवाग्राही सम्मान कार्यक्रम अन्तर्गत बुटवल १ का सुधिर राजभण्डारीलाई सम्मान गरिएको थियो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रम इकाई समितिका सचिव रेश्मीराज घिमिरेले संचालन गरेका थिए। साे कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख अर्याल बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले शुभकामना व्यक्त गरेका थियो ।

यही कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिका १ देखि १९ वटाै बडा कार्यालयमा समेत सेवा लिन आएका पहिलो सेवाग्राहीहरुलाई सम्मानित गरिएको थियो  । स्थापना दिवसका अबसरमा साँझपख बुटवल उपमहानगरपालिका कार्यालयमा दिपावली  समेत  गरिएको थियोे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।