ताजा अपडेट »

तिलोत्तमामा अन्तरवडा स्तरीय भलिबल प्रतियोगिता: पहिलो दिन ७ वटा खेल सम्पन्न

बुधबार, १४ चैत्र २०८०, २१ : ००
48 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्तरवडा स्तरीय भलिबल प्रतियोगिताको पहिलो दिन ३ वटा खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा वडा नम्बर ६ ले वडा नम्बर १३ लाई २-० को पराजित गरि जित निकालेको थियो ।   

वडा नम्बर १६ ले १२ लाई २-०, वडा नम्बर ११ ले १५ लाई २-०,    वडा नम्बर ४ ले ९ लाई २-०, वडा नम्बर २ ले १ लाई २-०,   वडा नम्बर ८ ले ६ लाई २-०, वडा नम्बर ७ ले १६ लाई २-१ को  सेटले  पराजित गरेको नगर खेलकुद विकास संयोजक लोक पुनले बताए । यस्तै बिहिवार वडा नम्बर ११ र  २  तथा ४-१० का बिच खेल हुने  संयोजक पुनले बताए ।

प्रतियोगिताको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले बुधबार विहान एक कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख खाँणले खेलकुदको विकासका लागि पनि नगरपालिकाले विशेष ध्यान दिएको बताए । 

साथै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले भलिबल लगायतका सबै प्रकारको खेलाडीलाई हौसला प्रदान र आवश्यक सहयोग गर्ने बताए । साथै उपप्रमुख चौधरीले पनि नगरपालिकाले खेलाडी र खेल क्षेत्रको विकासका लागि सबैसँग हातेमाले गरेर अघि बढ्न तयार रहेको बताए । 

यस्तै नगर खेलकुद विकास संयोजक लोक पुनले तिलोत्तमा नगरपालिका १९ वडा मध्य १३ वटा वडाले मात्रै प्रतियोगितामा सहभागिता जनाएको बताए । पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले पनि ४ वटा वडाले आवश्यक तयारी गर्न नसक्दा सहभागि हुन नसकेको बताउँदै आग्रामी वर्ष सबै वडाबाट सहभागिता रहने विश्वास व्यक्त गरे ।  

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार , द्वितीयले ३० हजार र तृतीयले १५ हजार कप, मेडल र प्रमाणपत्र पाउने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।