ताजा अपडेट »

पाल्पाबाट बुटवल केरा बेच्न आउँदै गरेका बलालको टिपरले ठक्करबाट गयो ज्यान

शनिबार, १५ बैशाख २०८१, २० : ०५
4.31K Shares

बुटवल  ।पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

दोभान कचल सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जग बहादुर बलालको मृत्यु भएको हो ।

मोटरसाईकलमा केरा लिएर बिक्रिको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको पुर्व वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

मृतक ४५ वर्षीय बलालको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।