ताजा अपडेट »

प्यूठानमा मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु

शनिबार, ०८ बैशाख २०८१, २० : ३३
254 Shares

प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका १ मुर्कुटी स्थित छब्बिसे चौरमा दाङको घोराहीबाट प्यूठान तर्फ आउँदै गरेको रा ५ प १५२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । अर्का एक जना घाईते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ का २७ वर्षीय विमल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए । दुर्घटनामा  घोराही उपमहानगरपालिका ८ ढिकपुरका ४८ वर्षका कैलाश डिसी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालले डाँगीलाई मृत घोषणा गरेको हो ।

दुर्घटनामा घाईते डिसीलाई नेपालगञ्ज रिफर गरिएको छ । उनको टाउको, दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।