ताजा अपडेट »

लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना

शनिबार, १५ बैशाख २०८१, ०५ : ४३
2.54K Shares

बुटवल। लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा आज दिउँसो हावा–हुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

आइतबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी , गण्डकी, बागमती, मधेस र कोशी प्रदेशको तराईका केही स्थानहरूमा हावा/हुरीको सम्भावना रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।