ताजा अपडेट »

बुटवलमा महाशिवरात्री महोत्सव सम्पन्न

शनिबार, २६ फागुन २०८०, ०८ : ३९
92 Shares

बुटवल । महाशिवरात्री पर्वको अवसरमा मानव धर्म सेवा समितिको आयोजनामा महाशिवरात्री महोत्सव २०८० सम्पन्न भएको छ । शुक्रबार हंस कृति आश्रम बुटवलमा भएको कार्यक्रममा मानव धर्मका प्रणेता सद्गुरु देवमहाराजले शिवले ध्यान गर्ने तत्वलाई जानेर अघि बढ्न सकियो भने जीवनमा सार्थक हुने बताएका छन् ।

उनले भने, ‘अध्यात्मले शान्ती फैलाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमले मानिसमा शान्तीको सन्चार गर्नेछ । आध्यात्मिक शान्तीका लागि आत्मज्ञान महत्वपूर्ण रहेकाले नामको महत्वलाई बुझ्न सकियो भने मानव जिवनको सार्थकता पुर्ण हुनेछ ।’ भारतमा राम मन्दिर बन्नका लागि ५ सय वर्षको प्रतिक्षा गर्नुपरेको सन्दर्भलाई जोड्दै उनले नेपालमा विराट सत्संग कार्यक्रम गर्न ५ वर्ष लागेको अनुभव सुनाए ।

कोभिड १९ का कारण नेपालमा पाँच वर्षदेखि सत्संग कार्यक्रम हुन सकेको थिएन । यसअघि २०७५ मा झापाको धुलावारीमा सत्सगं कार्यक्रम भएको थियो  । कार्यक्रममा विभुजी महाराजले शिवरात्रीसँगै नारी दिवसपनि संँगै परेकाले यसलाई संयोगका रुपमा लिनुपर्ने बताए । कार्यक्रमका बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले गौतम बुद्ध र पशुपतिनाथको देशमा हामीले यस्तो कार्यक्रम गर्न पाउनु नै भाग्यको कुरा भएको बताए । बुटवल उपमहानगर पालिका प्रमुख खेलराज पाण्डेले धार्मिक दृष्टिकोणबाट बुटवललाई अघि बढाउन लागेकाले यस्ता कार्यक्रमले सघाउन पुग्ने बताए ।

IMG_8890

बुटवलमा यसअघि २०७० सालमा एक दिवसीय कार्यक्रम भएको थियो । ११ वर्षपछि पुनः बुटवलले कार्यक्रम गर्ने अवसर पाएको हो । कार्यक्रमका वक्ताहरुले बुद्धको जन्म स्थान लुम्बिनीमा आयोजना भएको यो कार्यक्रमले शान्तीको सन्देश दिएको बताए ।

महाशिवरात्री महोत्सवको अवसरमा शुक्रबार बिहान युवा संगठन र बाल सभाले विभिन्न प्रस्तुती दिएका थिए । शिवरात्री महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै भक्ती संगीतका कलाकारले सुमधुर भक्ती संगीत प्रस्तुत गरेका थिए । शिवरात्री महोत्सव अघि बिहान प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।