ताजा अपडेट »

होटल एसियन बुद्धद्वारा भैरहवाका विभिन्न ठाउँमा सरसफाई

आइतबार, ०६ जेठ २०८१, ०७ : ५२
442 Shares
आइतबार, ०६ जेठ २०८१
442 Shares

भैरहवा । रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धले सरसफाई कार्यक्रम गरेको छ । सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा रहेको होटलले होटल क्षेत्र र त्यसवरपरका सडक तथा बसडिलवा शिवालय मन्दिर ९शिव मन्दिर० क्षेत्रमा सरसफाई गरेको हो ।

‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराका साथ शनिबार ९आज० बिहान सरसफाई गरिएको होटलका अपरेशन म्यानेजर जे।पी।सुवेदीले बताए । उनका अनुुसार होटलले प्रत्येक महिनाको पहिलो शनिबार बिहान ५ः३० देखि ७ः३० बजे ९दुई घण्टा० सम्म सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

स्वच्छ वातावरणका लागि सरसफाई अत्यन्तै महत्वपूर्ण रहेकोले होटल यो कार्यक्रम सञ्चालन गर्दै आएको सुवेदीले जानकारी दिए । ग्राहकलाई राम्रो सेवा उपलब्ध गराउँदै आएको यो चारतारे होटलले सामाजिक क्षेत्रसँगै नगररगाउँलाई स्वच्छ तथा सफा राख्न सरसफाई कार्यक्रम राख्दै आएको उनले बताए । प्रत्येक शुक्रबार होटलमा गायक जीवनको प्रस्तुती रहेको सुवेदीले जानकारी दिए ।

होटलका महाप्रबन्धक दीपक धमलाले होटलले सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएको बताए । यसअघि होटलले २०८० चैतमा तिलोत्तमा क्रिकेट एकेडेमीका खेलाडीहरुलाई जर्सी वितरण गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।