ताजा अपडेट »

विनवार्ड्ससँगको तेस्रो अभ्यास खेलमा नेपाल ७४ रनले पराजित

आइतबार, ०६ जेठ २०८१, ०८ : ०४
344 Shares
आइतबार, ०६ जेठ २०८१
344 Shares

काठमाडौं । नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ । पहिलो र दोस्रो खेल जितेर तीन खेलको शृङ्खला जितेको नेपालले शनिबार राति भएको तेस्रो खेलमा भने विनवार्ड्ससँग ७४ रनको फराकिलो हार बेहोरेको छ ।

२०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १७ दशमलव २ ओभरमा अलआउट हुँदै जम्मा १३८ रनमात्रै बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का मद्दतमा ३६ बलमा ५३ रन बनाए । ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन जोडे अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । विनवार्ड्सका डैरोन नेड र कभेम होजले तीन–तीन तथा निकलस रेडहेड र डीन ब्राउनले दुईदुई विकेट लिए ।

त्यसअघि टस जितेर घरेलु मैदानमा ब्याटिङ गरेको विनवार्ड्सले डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक मद्दतमा २०५ रन बनाएको थियो । डिलनले ३२ बलमा ५६ रन बनाए भने शाद्रकले २७ बलमा ५५ रनको योगदान गरे । नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एकरएक विकेट लिए ।

तेस्रो खेलमा नेपालले यसअघिको खेलबाट तीन परिवर्तन गरेको थियो । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरा टोलीमा थिएनन् । उनीहरूको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए । कमलको यो तीन खेल शृंखलाको पहिलो खेल हो भने कुशल मल्ल तीनवटै खेलमा प्लेइङ(११ मा परेनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।