ताजा अपडेट »

बुटवल धागो कारखाना सञ्चालनको मागसहित एकिकृत समाजवादीले बुझायो नगरप्रमुखलाई ज्ञापनपत्र

सोमबार, २२ बैशाख २०८२, २० : ३८
76 Shares
सोमबार, २२ बैशाख २०८२
76 Shares

बुटवल  । नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरले बुटवल धागो कारखाना सञ्चालन सहित विभिन्न जनसरोकारको मागहरु राख्दै सोमबार बुटवल उपमहानगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । उपमहानगरका अध्यक्ष चिनबहादुर गुरुङले नगरप्रमुख खेलराज पाण्डेय मार्फत प्रधानमन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई मागहरु सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा ७ सय जनालाई रोजगारी दिन सक्ने बन्द बुटवल धागो कारखाना सञ्चालनको माग गरिएको छ ।  बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा टिकटका लागि समेत घन्टौं लाईनमा बस्नुपरेको, बुटवल ज्योतिनगर लक्ष्मीनगरको पहिरो नियन्त्रण गर्नुपर्ने मोतीपुर औद्योगिक क्षेत्रमा ५० औं बर्षदेखि बसोबास गर्दै आएकाहरुको समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माण गर्न तथा भूमिहिन दलित सुकुम्बासीहरुलाई लालपूर्जा दिने व्यवस्था गर्न माग गरिएका छ ।

यसका साथै बुटवल उपमहानगरको बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर समाजवादीले ज्ञापनपत्र बुझाएकोे हो ।
ज्ञापनपत्र बुझ्दै बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले प्राप्त सुझावहरुलाई आफूहरुले कार्यान्वयन गर्न सक्ने गर्ने र बाँकी मागहरुका बारेमा सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए ।

समाजवादीले केन्द्रीय कार्यक्रम अनुसार विभिन्न सरोकार राख्नेहरुसँग छलफल गरी मागपत्र पेश गरेको हो । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने अभियान सहित एकिकृत समाजवादीले आन्दोलनको तयारी गरेको छ । सोही कार्यक्रम अन्तर्गत बुटवल उपमहानगर सहित रुपन्देहीका १६ वटै स्थानीय तहहरुमा सोमबार ज्ञापनपत्र बुझाइएको जिल्ला अध्यक्ष हिराध्वज शाहले जानकारी दिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।