ताजा अपडेट »

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिकोत्सव अवसरमा रक्तदान

सोमबार, २२ बैशाख २०८२, १८ : ४४
8 Shares
सोमबार, २२ बैशाख २०८२
8 Shares


बुटवल  ।  नेपाल लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडको २४  वार्षिकोत्सव उत्सवको अवसरमा रक्तदान कार्यक्रम  गरेको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत रहेको बुटवल शाखा कार्यालयले २४  वार्षिकोत्सव उत्सवको अवसरमा  आज रक्तदान गरेको  जनाएको छ । रक्तसञ्चार केन्द्र बुटवलको  प्राविधिक सहयोगमा  ३७ युनिट रगत जम्मा   भएको हो ।  उक्त अवसरमा  एजेन्सी टिम, विमित, कर्मचारी लगायत रक्तदान गरेको बुटवल शाखा प्रमुख  रमेश कुमार पौडेल जानकारी दिए ।
उक्त रक्तदान कार्यक्रम  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख पुरुषोत्तम सापकोटाको प्रमुख  आथित्यतामा भएको थियो । कम्पनी २४ वर्ष पूरा गरी २५वर्षमा प्रवेश गरेको पावन अवसरमा  विभिन्न कार्यक्रम  गरेको  जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।