बुटवल। बुटवल अटो ईन्जीनयरिङ्ग एशोसीयसन र लुम्बिनी बाणिज्य क्याम्पस विचमा ईन्टरसीप विकास सहितको विषयमा सम्झौता भएको छ ।
सोमबार बुटवल ११ मा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । बुटवल अटो ईन्जीजिनियरिङ्ग एशोसीयसनका तर्फबाट अध्यक्ष प्रेम प्रसाद गौचन र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा।डा। ताराप्रसाद उपाध्ययाले हस्ताक्षर गरेका छन् ।
अनुसन्धान तथा तालिमको लागि व्यवसायीक क्षेत्रमा विद्यार्थीहरुको सहभागीता बढाउँदै लैजाने र स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्ने सम्झौतामा उल्लेख छ ।
तालिम तथा अनुसन्धानमा लुम्बिनी बाणिज्य क्याम्पसले सहयोग गर्ने छ । यस्तै विद्यार्थीहरुले ईन्टनसीपको लागि अटोईन्जीनियरिङ्ग एशोसीयसनले सहयोग गर्ने छ ।
प्रतिक्रिया