बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीले गण्डकी प्रदेशको पोखरामा नयाँ क्क्लव स्थापना (चार्टड) गरेको छ ।
रोटरी क्लव अफ बुटवल चौतारीले रोटरी क्लव अफ पोखरा उपत्यका स्थापना (चार्टड) गरेको हो । ३४ जना चार्टर सदस्यहरूसँगै आरसी पोखरा उपत्यका स्थापना गरिएको हो ।
उनका अनुसार चार्टर अध्यक्षको रूपमा जनपुकार मुनंकर्मी रहेका छन् क्लवले यसका लागि सहयोग पु¥याउने जिल्ला गभर्नर राजेन्द्र मान शेरचन, पीडीजी संजय गिरी, पीडीजी किरणलाल श्रेष्ठ, सबै जिल्ला नेताहरू र जिल्ला अधिकारीहरूलाई धन्यवाद दिएको छ । आरसी पोखरा उपत्यकाका क्लब सल्लाहकार र आरसी बुटवल चौतारीको चार्टर अध्यक्ष डा। विष्णु घिमिरेलाई अटल मार्गदर्शन र प्रेरणाको लागि क्लवले विशेष धन्यवाद दिएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको रोटरी क्लव अफ बुटवल चौतारीले पोखरामा नयाँ क्लव स्थापना गर्न पाउँदा खुसी लागेको अध्यक्ष नुमेन्द्र पौडेलले बताए । उनले अव पोखरामा पनि सामाजिक गतिविधि अगाडि बढ्ने विश्वास व्यक्त गरे । यसैबिच आरसी पोखराको चार्टड समारोह यही यही मे १८ तारिखमा होटल पौवामा आयोजना हुने उनले जानकारी दिए ।
प्रतिक्रिया