ताजा अपडेट »

विभेद न्युनिकरणका लागि घर परिवारकै भूमिका महत्वपूर्ण : मन्त्री अधिकारी

विहीबार, २७ बैशाख २०८१, ०४ : ३०
56 Shares

लुम्बिनी । महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले समाजमा हुने हरेक विभेदहरुको न्युनिकरणका लागि घर परिवारकै महत्वपूर्ण भूमिका रहने बताइन । उनले केही परम्परागत रुपमा चल्दै आएका चलनले  समाजमा कुरिती पैदा गरेको भन्दै त्यस्ता कुरिती, संस्कृती नै भएपनि तिनलाई छाड्नु पर्ने बताईन ।

नेपालमा दाईजो प्रथा, बोक्सी, बालविबाह, गौनाथौना, जातीय छुवाछुत, छाउपडी जस्ता कुसंस्कारले छोरीहरुको वृद्धि विकासमा असर परेको भन्दै यस्ता कुरितीलाई हटाउन परिवार र समाजले  महत्वपूर्ण भूमिका खेली बालिकाहरुको जीवन सुरक्षामा ध्यान दिन सबैलाई आग्रह गरिन । यस्तै लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलबानले नागरिक सचेत भए मात्र विभेद र हिंसा न्युनिकरण हुने बताउँदै विभेद विरुद्ध टोल टोलमा चेतनामुलक कार्यक्रम गर्नु पर्ने बताए ।

कार्यक्रममाका सहजकर्ता सिद्धार्थ सामुदायि विकास केन्द्रका पोम नारायण पौडेलले बालविबाहको अन्त्यका लागि लुम्बिनी प्रदेशको १० वर्षे रणनीति र यसको कार्यान्वयनमा स्थानीय तहको भूमिका बारे सहजिकरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सविता जि.सिले रुपन्देहीमा लैंगिक हिंसाको अवस्था चुनौति र प्रहरीबाट भएको प्रयासबारे सहजिकरण गरेकी थिईन ।

यस्तै सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत्त विजया सेडाइले लैंगिक हिंसा, दाईजो, बोक्सी, गौनाथौनालगायत सामाजिक विभेद र कार्यस्थलमा हुने यौनजन्य हिंसा विरुद्ध कानुनी उपचारका विषयका सहजिकरण गरेकी थिईन भने अधिवत्ता सुनिल त्रिपाठीले न्यायिक समितिको काम कर्तव्य र अधिकार बारे सहजिकरण गरेका थिए ।

कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वयमा लुम्बिनीमा सम्पन्न भएको थियो  । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगर पालिकाका उप प्रमुख कल्पना हरिजन, सामाजिक विकास मन्त्रालयका प्राविधिक सहायक सुस्मा कार्की लगायतले बोलेका थिए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।