ताजा अपडेट »

मोरङमा एक पुरुषले श्रीमतीको हत्यापछि दाउले आफ्नै घाँटी रेटेर आत्महत्या

बुधबार, ०७ चैत्र २०८०, ०८ : ५०
474 Shares

विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्यापछि आफूले समेत आत्महत्या गरेका छन् । मंगलबार राति बेलबारी नगरपालिका–१ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले दाउ प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गर्दा गीताको घटनास्थलमै मृत्यु भएको थियो । लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगतै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो । गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भागेर ज्यान जोगाएका थिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।