ताजा अपडेट »

कोशीमा छैठाैं पटक सरकार गठनको आह्वान, उप धारा ५ अनुसारनै प्रदेश प्रमुखले गरे आब्हान ।

बुधबार, २६ बैशाख २०८१, २२ : ५६
50 Shares

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि सभामुखले आह्वान गरेका छन । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तर्गतनै सरकार गठनका लागि आह्वान गरेका हुन । उनले सरकारको दाबी पेश गर्नका लागि दुई दिनको समय दिएका छन ।

कोशीका मुख्यमन्त्री केदार कार्की लाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्ताव मार्फत प्रदेश सभाले समय सीमा दिइएको थियो । संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुख समक्ष माग गरेका थिए ।

सरकार गठनको आव्हान भएलगत्तै एमाले–माओवादीले हिक्मत कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेका छन ।

आफूसहित ८ जना सांसद लिएर आएपछि कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले काँध थापेका थिए । कार्की सरकार पनि धारा १६८(५) अन्तर्गन नै गठन भएको हो । यस धारा अनुसार मुख्यमन्त्री दाबी गर्न संसदीय दलको नेता चाहिँदैन । प्रदेशसभाका जोसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्दछन । कार्कीलाई पछि माओवादी र कांग्रेसले विश्वासको मत दिएको थियो ।

कोशीमा प्रदेशमा संसदको यो कार्यकालमा  अहिले सहित छैटौं पटक सरकार गठनको आव्हान भएको हो । यसअघि कोशीमा २ पटक हिक्मत कार्की  र २ पटक उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन । केदार कार्की भने असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।