ताजा अपडेट »

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट एक पुरुषको ज्यान गयो

आइतबार, १६ बैशाख २०८१, ०८ : १३
550 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा टिप्परको ठक्करबाट शनिबार साँझ एक पुरुषको ज्यान गएको छ । बुटवलदेखि पाल्पाको तिनाउ–स्थित चुनखानीतर्फ जाँदै गरेको लु २ ख ८७६ नम्बरको पिप्परले ठक्कर दिँदा पाल्पा रैनादेवीछहरा गाउँपालिका-६ बस्ने जगबहादुर बलालको ज्यान गएको हो ।

विपरित दिशादेखि आउँदै गरेको बलाल सवार लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको हो । तिनाउ–२ छिल्लीखोलास्थित उकालो बाटोमा भएको उक्त दुर्घटनामा घाइले बलाललाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।