ताजा अपडेट »
अस्पताल निर्मण

बाल अस्पताललाई भाटभटेनीको ४१ करोड सहयोग । डा.भगवान कोईरालाको अगुवाईमा सातै प्रदेशमा अस्पताल बन्दै

शनिबार, २९ बैशाख २०८१, ०६ : ३०
210 Shares
शनिबार, २९ बैशाख २०८१
210 Shares

काठमाडौं । मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग घोषणा गरेका छन । 

डा.भगवान कोइरालाको नेतृत्वमा काठमाडौं सहित सातै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) अस्पताल बन्ने घोषणा भएको छ । काठमाडौको हेपाली हाइटमा हाल अस्पताल निर्माण कार्य भइरहेको छ । शुक्रबार अस्पताल निर्माणस्थलमै पुगेर भाटभटेनी अध्यक्ष गुरुङले सो सहयोग घोषणा गरेका हुन । भेटमा डा.कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामका बारेमा गुरुङलाई जाकारी गराए ।

“यो सहयोगले बिग भिजनलाई अब सम्पन्न हुने बनायो । म फेरि पनि भन्छु यो अस्पताल भगवान कोइराला या बोर्डको मात्रै होइन। देशकै लागि गरिएको काम हो।” आज मीनबहादुरजी पिलर बनेर याहाँ आउनुभयो कोइरालाले भने, “नेपालमा पनि यस्तो मन खोलेर सहयोग गर्ने व्यक्ति हुनुहुन्छ भन्न पाउँदा हामीलाई गर्व लागेको छ । यो आम नेपालीको लागि खुसीको कुरा हो ।” 

सहयोग घोषणापछि भाटभटेनीका अध्यक्ष गुरुङले राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । “राम्रो काम हातेमालोगर्न पाउँदा मलाई खुसी लागेको छ”, उनले भने, घरबाट आउँदा २५ करोड सहयोग गर्ने सोच थियो । जसले राम्रो काम गर्छ उसलाई सहयोग गर्नुपर्छ भन्ने मलाई यहाँ आएर लाग्यो पनि । त्यसैले मैले ४१ करोड सहयोग रकमको घोषणा गरें ।

अध्यक्ष गुरुङले यसअघि पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुईवटा भवन निर्माण गरिदिएका छन । उनले २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइदिएका थिए । पहिलो इमरजेन्सी भवन ११ करोड रुपैयाँमा निर्माण गरिएको थियो भने भूकम्पपछि सोही स्थानमै अर्को ईएचएस भवन पनि निर्माण गरिदिएका हुन। ईएचएस भवन १५ करोड लागतमा निर्माण भएको हो । 

गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन, रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका छन । उनीहरुको सम्पूर्ण खर्च भाटभटेनीलेनै बेहोर्दै आएको छ । गुरुङले अहिले पनि बाल अस्पतालका लागि ४१ करोड बराबरको भवन निर्माण गरिदिने घोषणा गर्दै उक्त भवन अहिलेसम्मकै अत्याधुनिक हुने बताए । करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने उनको योजना रहेको छ ।

भाटभटेनीले बनाइदिने यो भवनमा बेसमेन्ट पार्किङ, २० शैयाको इमर्जेन्सी, आईसीयू, एनआईसीयूलगायत कक्ष रहनेछन भने माथि हेलिप्याड पनि रहनेछ । डा.कोइरालाले अहिलेसम्म जुटेको रकम सबै एकदमै पारदर्शी रुपमा खर्च भइरहेको उल्लेख गर्दै जुन प्रयोजनका लागि सहयोग आएको छ त्यहीँमात्रै खर्च हुने बताए। जसले जे प्रयोजनका लागि सहयोग गरेको हो त्यहीँ नै खर्च गर्छौ,” उनले भने, “त्यो भवनको नाम, उहाँको नाममा या उहाँले इच्छाइएको व्यक्तिको नाममा हुनेछ ।

नेपालकै सबैभन्दा ठुलो चेन सुपर मार्केटका संचालक गुरुङका देशैभर २६ स्टोरहरु संचालित छन । देशमै रहेर देशका लगि केही फरक गर्नू पर्छ भन्ने राष्ट्रवादी सोचका धनि गुरुङ सदैव सकरात्मक सोच राख्दछन । सामाजिक कामका लगि सहयोग गर्न कहिल्यै पछि नपर्ने गुरुङले समाजको  हितका लागि खुलेरै सहयोग गर्ने गर्दछन । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।