ताजा अपडेट »

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

शनिबार, २९ बैशाख २०८१, १९ : २४
148 Shares
शनिबार, २९ बैशाख २०८१
148 Shares

बुटवल । बुटवलमा भएको  अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ ।

आज भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलाेत्तमा नगरपालिकालाई २५-९,२५-८ र २५-१४ काे साेझाे सेटमा हराउदै उपाधि हात पारेको हो । प्रतियोगितामा तिलाेत्तमा नगरपालिका उपविजेता बनेको छ भने गैडहवा गाउपालिका तेस्रो र सुद्वाेदन गाउपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ ।

उपाधिसँगै बुटवलले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता तिलाेत्तमाले नगद ३० हजार, तृतीय हुने गैडहवाले नगद २० हजार र सान्त्वना स्थान प्राप्त गरेको सुद्वाेदनले नगद १० हजार प्राप्त गरेको छ ।
 
प्रतियोगिताका विजेता, उपविजेता, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा देवि अर्याल, नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पिया लगायतले पुरस्कार तथा सहभागीताकाे प्रमाणपत्र प्रदान गरेका थिए ।
 प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाकाे सहभागीता रहेको कार्यक्रम संयोजक सेरजंग गुरूङले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।