ताजा अपडेट »
प्रशिक्षण

तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न

शुक्रबार, २८ बैशाख २०८१, ०६ : ०७
100 Shares

बुटवल । बुटवलमा रुहेको श्री स्वामीनारायण मुक्तिनाथ धाममा तीनदिने सरल पाञ्चायन पूजाविधि प्रशिक्षण सम्पन्न भएको छ ।  

हमीले गरीरहेका पुजाकर्महरु धार्मीक विधि पद्धति अनुसार गरीरहेका छौं कि छैनौ, हामीले गर्ने पुजा अर्चना तथा विभिन्न धार्मिक कर्महरु विधि पद्धति अनुसार कसरी गर्ने भन्ने जानकारी धार्मिक बिज्ञहरुबाट गराउने उदेश्यले कार्यक्रम आयोजना गरीएको हो । यहि बैशाख २५,२६ र २७ गते मुक्तिनाथ धामका पीठाधीश लोकानन्द महाराजज्यूको सान्निध्यमा श्री स्वामीनारायण मुक्तिनाथ नारीजगृति समूह बुटवलको आयोजना एवं लुम्बिनी पूजासामग्री भण्डारको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो ।

३ दिन सम्म संचालित सो प्रशिक्षणमा मानव अधिकार महिला एकलसमूह एवम् विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिहरु लगायत २०० जना प्रशिक्षार्थीहरु सहभागी थिए । 

pooja

नेपालको मौलिक धर्मसंस्कृति, परम्परा एवं शास्त्रीय विधानयुक्त सरल पाञ्चायतन पूजाको प्रयोगात्मक विधिसहित सञ्चालन गरिएको प्रशिक्षणमा ज्योतिष जनार्दन न्यौपानेले वास्तुअनुसारको पूजास्थल, पाञ्चायन देवताको स्थापना विधि सम्वन्धमा, आचार्य पं.कूरेश पाण्डेले पूजाविधि एवम् मन्त्रोच्चारण सम्वन्धमा तथा सुन्दर भण्डारीले मूर्तिहरूको प्रामाणिकता तथा पूजा सामग्रीका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । 

pij

३ दिनको प्रशिक्षण समापन समारोहमा धामका पीठाधीश लोकानन्द महाराजजीको आशीर्वचनसँगै वडा नं. १२ का वडाध्यक्ष्य डिल्लीप्रसाद शर्मा , धामका अध्यक्ष बाबुराम महत लगायतले आफ्नो मन्तव्य राख्दै यस खालको प्रशिक्षण कार्यक्रमले धर्म संकृति एवम् पुजा विधीको महत्तव बारे धेरै जानकारी प्रप्त भएको बताउदै यसप्रकारका प्रशिक्षणात्मक कार्यक्रमलाई सबै ठाउमा निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।  

श्री स्वामीनारायण मुक्तिनाथ नारीजागृति समूहकी अध्यक्ष बिष्णु बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रम गौरी शर्माले सञ्चालन गर्नुभएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।