ताजा अपडेट »

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

शुक्रबार, ०२ जेठ २०८२, १७ : २०
1.12K Shares
शुक्रबार, ०२ जेठ २०८२
1.12K Shares

बुटवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ चारपालमा शुक्रबार दिउँसो हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाले ज्यान गुमाएका छन् । उक्त घटनामा परी अन्य ३ जना घाइते भएको सुनवल-७ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिए । 

सुनवल-७ का अन्दाजी ३० वर्षीया मिरा बयम्बो र ३५ वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको घटनास्थलमा पुगेका वडा अध्यक्ष आचार्यले ग्लोबल आवाजलाई जानकारी दिए । यसैगरी सोही ठाउँका नर्मा परियार, दुर्गा खाम्चा र एक जना परिचय नखुलेका पुरुष घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि रुपन्देहीको देवदह मेडिकल कलेजमा पठाइएको वडा अध्यक्ष आचार्यले जानकारी दिए । 

शुक्रबार दिउँसो करिब साढे ३ बजेको समयमा एक्कासी ठूलो हावाहुरीसँगै वर्षा भएपछि उनीहरु प्रतिक्षालयमा बसेका थिए । सोही समयमा त्यहाँ रहेको रुख ढल्दा उनीहरु च्यापिएका हन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।