ताजा अपडेट »

तिनाउमा डुबेर बेपत्ता भएका बुटवलका दिनेशको पनि शव फेला

बुधबार, ३१ बैशाख २०८२, ११ : १२
420 Shares
बुधबार, ३१ बैशाख २०८२
420 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ कदमबासमा तिनाउ नदिमा डुबेर बेपत्ता भएका २ जनाको मृत अवस्थामा शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सन्दिप बेल्बासेका अनुसार सोमबार बेपत्ता भएका बुटवल उपमहानरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका १७ वर्षिय अभिषेक श्रेष्ठ र सोही ठाउँका उनका साथी १६ बर्षिय दिनेश सुवेदीको शव मंगलबार दिउँसो र साँझ भेटिएको हो । 

गर्मी छल्न तिनाउमा नुहाउन गएका उनीहरु सोमबार डुबेर बेपत्ता भएका थिए । २ जना मात्रै नुहाउन गएका उनीहरू दुबैजना डुबेर बेपत्ता भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।